कास्कीमा आजदेखि कडा निषेधाज्ञा सुरु

समाधान संवाददाता, पाेखरा ।
काेराेना भाइरसकाे संक्रमण बढ्दै गएपछि कास्की जिल्लामा आज देखि बैशाखभरका लागि कडा खालकाे निषेधाज्ञा सुरु भएकाे छ ।
यसकाे असर मगलबार विहानबाटै देखिएकाे छ । बजार पुरै ठप्प छ । सार्बजनिक यातायातका साधन चलेका छैनन् ।
अत्यावश्यक भनेर ताेकिएका बाहेका नीजि र सरकारी सवारी साधन पनि सडकमा गुडेका छैनन् ।
मिडिया र स्वास्थ्यकर्मीका सवारी साधन बाहेक अरु सवारी साधन चल्नमा कडाई गरिएकाे छ ।
चाेक चाेकमा सुरक्षाकर्मी खटिएका छन् । र उनीहरुले चेकजाँच कडा गरिरहेका छन् । समुदायमा फैलिदै गएकाे काेराेनाे महामारीकाे पछिल्लाे भेरियन्ट नियन्त्रण गर्न निषेधाज्ञा जारी गरिएकाले पालना गरेर सहयाेग गर्न कास्कीका प्रहरी प्रमुख जीवनराम श्रेष्ठले अग्रह गरेका छन् ।
पाेखरा महानगरका प्रमुख मानबहादुर जिसीले नागरिकलाई सुरक्षित राख्न र काेराेनाकाे चेन भत्काउन पनि लकडाउन आवश्यक छ भन्ने विज्ञहरुकाे सुझावकाे आधारमा निषेधाज्ञा जारी गरिएकाले सहयाेग गर्न महानगरबासीलाई आग्रह गरेका छन् ।
तपाईको प्रतिक्रिया