म्याग्दीमा १० दिन लकडाउन गर्ने तयारी

समाधान संवाददाता २०७८ वैशाख २१ गते ७:३०

समाधान संवाददाता, म्याग्दी

म्याग्दीमा १० दिन लकडाउन गर्ने तयारी गरिएको छ । बेनी नगरपालिकाले सोमबार आयोजना गरेको सर्वदलीय सर्वपक्षीय बैठकले म्याग्दीमा बुधबार राति १० बजेबाट १० दिनका लागि लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गरेको हो ।

जिल्लामा कोरोना संक्रमणको दर बढेको र थप जोखिम भएकाले त्यसलाई घटाउन यस्तो सिफारिस गरिएको बेनी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत छविलाल सुवेदीले बताए ।

Advertisement

जिल्ला स्थित राजनैतिकदल, उद्योगी, व्यवसायी, समाजिक संघ, संस्थाका प्रतिनिधि सहभागी बैठकले जिल्लामा लकडाउन गर्न डिसिसिएमसीलाई सिफारिस गर्ने निर्णय गरेको हो ।

स्वास्थ्य कार्यालय म्याग्दीका प्रमुख एकनारायण लम्साल र बेनी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर जितेन्द कँडेलले कोरोनाको संक्रमण दर, कोरोनाका लक्षण भएका बिरामीहरुको संख्या लगायतका विषयमा बैठकमा प्रकाश पारेका थिए ।

Advertisement

उपमेयर सञ्जु बरुवालको अध्यक्षतामा भएको बैठकमा जिल्ला समन्वय समिति प्रमुख देवेन्द्रबहादुर केसी, नेकपा एमाले जिल्ला अध्यक्ष हरिकृष्ण श्रेष्ठ, नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष गोविन्द पौडेल, नेपाली कांग्रेस जिल्ला सचिव क्याप्टेन मीनबहादुर कार्की लगायतले धारणा राखेका थिए ।

बैठकमा उद्योगी, व्यवासायीले कोरोना नियन्त्रणका लागि लकडाउनलाई मात्रै विकल्प बनाउन नहुने विचार राखे । म्याग्दीमा अहिले ७१ जना सक्रिय कोरोना संक्रमित छन् ।

तपाईको प्रतिक्रिया