खिमविक्रम शाही अस्पतालबाट होटलमा सारिए

समाधान संवाददाता २०७८ वैशाख २१ गते १२:३४

समाधान संवाददाता, पोखरा

कोरोना संक्रमण भएर चरक मेमोरियल अस्पतालमा उपचाररत राष्ट्रिय जनमोर्चाका सांसद खिमविक्रम शाहीलाई होटलमा सारिएको छ । स्वास्थ्य अवस्थामा सुधार आएपछि उनलाई आइतबार बेलुका होटलमा सारिएको हो ।

१५ वैशाखमा एकाएक सञ्चो नभएपछि उनलाई चरक मेमोरियल अस्पताल पु¥याइएको थियो । अस्पतालमा उनलाई आइसियुमा राखेर उपचार गरिएको थियो । उनको सोही दिन गरिएको कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको थियो ।

Advertisement

सो दिन गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो ।

तर निर्णायक भनिएको जनमोर्चाका सांसद खिमविक्रम एकाएक ‘अज्ञात’ भएपछि सदन रोक्न जनमोर्चाले निवेदन दिएको थियो । दलकी सचेतक पियारी थापाले शाहीको अवस्थाबारे थाहा नभएको र खोज्न भन्दै निवेदन दिएकी थिइन् ।

Advertisement

संसद भने अहिलेसम्म चल्न सकेको छैन । सभामुख नेत्रनाथ अधिकारीले आज दलका नेताहरुसँग छलफल गरेर सदनलाई निकास दिने तयारी थालेका छन् ।

तपाईको प्रतिक्रिया