प्रचण्डकाे काेटाबाट अष्ट्रेलियाकाे राजदुत बनेका दाहाल बर्खास्त

समाधान संवाददाता २०७८ वैशाख २१ गते १३:४६

समाधान संवादाता, पाेखरा ।

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे काेटाबाट अष्ट्रेलियाकाे राजदुतमा नियुक्त भएका महेश दाहाललाई प्रधानमन्त्री केपी शर्मा ओलीले बर्खास्त गरेका छन् ।

२ बर्ष कार्यकाल बाँकी छदै दाहाल बर्खास्तीमा परेका हुन् । साेमबार बसेकाे मन्त्रिपरिषद् बैठकले दाहाललाई फिर्ता बाेलाउने निर्णय गरेकाे हाे ।

Advertisement

चितवनका दाहाल पहिले कांग्रेस निकटस्थ भए पनि ०७४ काे निर्बाचनका क्रममा माओवादी निकट भएक थिए । चितवनकाे चुनाबमा प्रचण्डलाई सहयाेग गरेकाे गुन तिर्न प्रचण्डले राजदुत बनाएर पठाएका थिए ।

साथै, मन्त्रिपरिषद् बैठकले ओमानका लागि नेपाली राजदूत शर्मिला ढकाल पराजुली र जापानी नियोगकी राजदूत प्रतिभा राणालाई अर्को निर्णय नभैञ्जेलसम्म निरन्तरता दिने निर्णय गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया