पाेखराका सबै वडामा काेराेनाकाे नयाँ भेरियन्ट फैलियाे, आजै १८० जना संक्रमित

समाधान संवाददाता, पाेखरा ।
पाेखरा महानगर पालिकाका सबै वडामा नयाँ भेरियन्टकाे काेराेना संक्रमण फैलिएकाे छ । यसकाे पुष्टि गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले गरेकाे छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आजै जारी गरेकेा काेराेना भाइरस संक्रमण सम्बन्धि जानकारीमा पाेखराका सबै वडामा संक्रमण फैलिसेकेकाे देखिएकाे छ ।
स्वास्थ्य निर्देशनालयले दिएकाे जानकारी अनुसार आज मात्र पाेखरामा १८० नया संक्रमित थपिएका छन् । आज १ बजे अघि आएकाे रिपाेर्टमा यति ठुलाे संख्यामा संक्रमण पुष्टि भएकाे हाे । आज रिपाेर्ट आएका संक्रमितहरु वडा १ देखि ३३ सम्म कै छन् ।
सबैभन्दा धेरै संक्रमित वडा नम्बर ८ मा फैलिएकाे छ भने १०, १७ , ५, ४ लगायतका वडामा पनि धेरैमा संक्रमण पुष्टी भएकाे छ ।
सबै वडामा नयाँ भेरियन्ट पुगिसकेकाले सजक हुन र अत्यावश्यक काम बाहेक बाहिर ननिस्कन स्वास्थ्य निर्देशनालयले आग्रह गरेकाे छ ।
तपाईको प्रतिक्रिया