गण्डकीमा थप २ कोरोना संक्रमितको मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशमा थप २ जना कोरोना संक्रमितको मृत्यु भएको छ । कास्की र पर्वतका १/१ संक्रमितको आज बिहान मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशनालयले पुष्टि गरेको छ ।
कास्की पोखरा महानगरपालिका २९ का ४५ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल र पर्वतको कुश्मा नगरपालिका ४ का ८४ वर्षीय संक्रमित पुरुषको पर्वत जिल्ला अस्पतालमा मृत्यु भएको हो ।
कास्कीका संक्रमितमा १८ वैशाखमा र पर्वतका संक्रमितमा १९ वैशाखमा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।
योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २३५ पुगेको छ । पोखरामा कोरोनाबाट आज ३ जनाको ज्यान गइसकेको छ ।
यसअघि म्याग्दीको मंगला गाउँपालिका ६ का ७६ वर्षी पुरुषको चरक मेमोरियल अस्पतालमा मृत्यु भएको थियो ।
गण्डकीमा १९ हजार ७१५ जनामा कोरोना पुष्टि भएको छ । तीमध्ये १७ हजार ९ जना निको भएका छन् ।
तपाईको प्रतिक्रिया