२४ घण्टामा काेराेनाबाट ५५ काे मृत्यु, ७६६० जना नयाँ संक्रमित थपिए
समाधान संवाददाता
२०७८ वैशाख २१ गते १७:३०

समाधान संवाददाता, पाेखरा ।
काेराेना भाइरसकाे संक्रमणका कारण देशमा ज्यान गुमाउनेकाे संख्या बढ्दै गएकाे छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज दिएकाे पछिल्लाे २४ घण्टाकाे रिपाेर्ट अनुसार ५५ जना थप संक्रमितकाे ज्यान काेराेनाले लिएकाे छ ।
त्यस्तै २४ घण्टामा ७ हजार ६६० जना नयाँ संक्रमित थपिएका छन् । याे सँगै देशमा काेराेनाका कारण ज्यान गुमाउनेकाे सख्या ३ हजार ४१७ पुगेकाे छ भने संक्रमितकाे संख्या ३ लाख ५१ हजार पार गरेकाे छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया