नेताहरुको जुटेन सहमति, गण्डकी प्रदेश सभाको बैठक अनिश्चित

गण्डकी प्रदेश सभाको बैठक अनिश्चित हुँदै गएको छ । प्रदेश सभा बैठकबारे सहमति गर्न मंगलबार बसेको पाँच दलको बैठकले पनि यस बारे कुनै निर्णय गर्न सकेन ।
बैठकमा मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिडको कारण देखाएर जेठ १ गते कार्यव्यवस्था बैठक राखेर २ गते बैठक डाक्नुपर्ने बताएका थिए । उनले लकडाउनको कारण देखाउँदै सांसद आउन नसक्ने समेत बताए । विपक्षी मोर्चा भने छिटोभन्दा छिटो बैठक राखेर संसद्लाई निकास दिनुपर्ने बताएका थिए । बैठकमा मुख्यमन्त्री गुरुङले घुमाउरो पारामा सभामुख नेत्रनाथ अधिकारीको राजीनामा मागिन सक्ने समेत बताएका थिए । ‘तपाईंको राजीनामाको कुरो आइरहेको छ, हामी चाहन्छौँ तपाईंले त्यो कदमसम्म पुग्न रोक्नुहुन्छ,झमुख्यमन्त्रीको भनाइ उदृत गर्दै जसपा सांसद हरिशरण आचार्यले भने ।
माओवादी संसदिय दलका नेता हरिबहादुर चुमानले पर्सि कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने र मिति टुङ्याउन प्रयास गरिने बताए । १५ वैशाखमा एक सांसदको अवस्था अज्ञात रहेको भन्दै सभामुख नेत्रनाथ अधिकारीले बैठक अनिश्चितकालका लागि स्थगित गरिएपछि सत्ता पक्ष रुष्ट छ । सभामुखले राजीनामा दिएमात्रै बैठक चल्न दिने बताउने गरेको छ ।
१५ वैशाखमा मुख्यमन्त्री गुरुङविरुद्धको अविश्वास प्रस्तावमा मतदान हुने कार्यसूची थियो । तर सो बैठकमा विपक्षी मोर्चाका सांसद शाही अनुपस्थित भएपछि प्रस्ताव फेल हुने डरमा जनमोर्चाकी सांसद पियारी थापाले बैठक स्थगित गर्न निवेदन दिएकी थिइन् ।
मुख्यमन्त्री गुरुङ अविश्वास प्रस्ताव माथिको मतदान हुने दिन केही पर धकेल्न चाहन्छन् । यसैको प्रयास स्वरुप १४ गते एमालेले कोरोना परीक्षण गरिनुपर्ने भन्दै सदन अवरुद्ध गरेको थियो । मुख्यमन्त्री गुरुङ यो महिना छलफल नै नगर्न र जेठको पहिलो हप्ता सदनलाई निकास दिन बैठक राख्ने पक्षमा छन् ।









फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
चुनाव आउन ७२ दिन बाँकी : सरकारी तलब खाने र पीआरधारी समानुपातिक उम्मेदवार बन्न अयोग्य
प्रतिभा माविले जित्यो १८औं हिसान कास्की स्पोर्ट्स मिटको उपाधि
पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया