७ अध्यादेश जारी
समाधान संवाददाता
२०७८ वैशाख २१ गते १८:२२
काठमाडौं, २१ वैशाख
राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न सातवटा अध्यादेश जारी गरेकी छन्।
उनले मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, सामाजिक सुरक्षा (पहिलो संशोधन) अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक रासायनिक पदार्थ नियमन अध्यादेश ०७८ छन्।
सम्बन्धित
तपाईको प्रतिक्रिया