माओवादीको समर्थन फिर्ता, कांग्रेसले विश्वासको मत नदिने

समाधान संवाददाता २०७८ वैशाख २१ गते १८:३२


काठमाडौं, २१ वैशाख

नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली शर्मा नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । मंगलबार भएको स्थायी समितिको बैठकले समर्थन फिर्ता लिने निर्णय गरेको हो ।

बुधबार कार्यालय खुलेपछि समर्थन फिर्ताको पत्र बुझाइने केन्द्रीय सदस्य गणेश शाहले जानकारी दिए । नयाँ सत्ता समीकरण बनाउन नेपाली काँग्रेस र जनता समाजवादी पार्टीसँग भएको छलफल टुंगोमा नपुगेपछि माओवादीले समर्थन फिर्ता लिएको थिएन ।

प्रधानमन्त्री केपी ओलीले आगामी वैशाख २७ गते विश्वासको मत लिने निर्णय गरेपछि पार्टीले बैठक बसेर समर्थन फिर्ता लिने औपचारिक निर्णय गरेको हो ।

यता, नेपाली काँग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने भएको छ । सभापति शेरबहादुर देउवाको निवासमा भएको पदाधिकारी तथा शीर्ष नेताको बैठकले ओलीले लिने विश्वासको मतलाई विफल बनाउन अरु दलसँग पनि छलफल गर्ने बैठकले निर्णय गरेको छ ।

तपाईको प्रतिक्रिया