महान् मार्क्सलाई सम्झँदा
झपट रानाभाट
आजभन्दा २ सय ३ वर्षअघि अर्थात् ५ मे, १८१८ मा जन्मिएका विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता हुन्, कार्ल माक्र्स । आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनीतिज्ञ कार्ल मार्क्सले सन् १८४८ मा २९ वर्षको उमेरमै फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेख्नुभएको थियो ।
यो त्यस्तो दस्तावेज हो, जुन संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको मानिन्छ । राजनीतिक क्षेत्रमा एक किसिमको हलचल नै ल्याइदिएको त्यो घोषणापत्रले खासगरी पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।
यदि जनतालाई कम्युनिष्टहरु नाम मात्रका माक्र्सवादी हुन्, यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन्, जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएका थिएनन् ।
पर्सिया राज्यको लोअररीन् प्रान्तको ट्रायर् भन्ने ठाउँमा जन्मिनुभएका कार्ल मार्क्सका पिता (हर्शल)हेनरिक मार्क्स वकील थिए । उनका माता पिता दुवै यहूदी भएकाले कार्ल मार्क्सलाई ६ वर्षको उमेरमा एउटा चर्चमा बख्तिस् दिलाइएको थियो ।
कार्ल माक्र्सले पर्सियाका व्यापारीकी छोरी जेनी वोन् वेस्ट् फ्यालेनसँग सन् १८४३ ,१९ जून टिकाटालो भएको ७ वर्षमा बिहे गर्नुभएको थियो ।
मार्क्स र जेनिका सात जना सन्तानहरू जन्मिए पनि गरीबीको कारणले तीन जना मात्र जीवित रहे । मार्क्सको आयको प्रमुख श्रोत फ्रेड्रिक एंगेल्सबाट पाएको सहयोग मात्र थियो ।
मार्क्सले प्रायः हात मुख जोड्ने समस्याका बीचबाट नै जीवनयापन गरे, यसको कारण केही हदसम्म उनका पत्नी र सन्तानहरूको विलासिता थियो । जो मार्क्सले सामाजिक स्थिति एवं समयको संस्कृतिको निम्ति जरूरी सोचेका थिए ।
डिसेम्बर १८८१ मा पत्नी जेनीको मृत्यु भएपछि मार्क्स रूघाखोकीबाट ग्रस्त भएका थिए र त्यसले बिस्तारै ब्रोन्क्राइटिस्ट्को रूप लिएपछि १५ महिना अस्वस्थ बिताउनुप-यो । यसकै कारण १४ मार्च १८८३ को दिन लन्डनमा उनको देहावसान भयो ।
सांस्कृतिक इतिहासकारहरू कार्ल मार्क्सलाई आधुनिक र पूर्वाधुनिक समाजको बीचमा शृंखलाबद्ध अवधारणा कायम गराउने प्रथम प्रमुख सामाजिक विचारक मान्दछन् ।
माक्र्सका माता पिताले उनलाई तेह्र वर्षको उमेरसम्म घरैमा शिक्षा दिएका थिए । सन् १८३५ मा ट्रायर् जिम्नाजियम् स्कूलबाट स्नातक गरेपछि १७ वर्षको उमेरमा बून विश्वविद्यालयमा भर्ना मार्क्सलाई उनका पिताले कानुन विषय अध्ययनमा लगाएका थिए ।
अगुवा भएको कारण कम अंक प्राप्त गरेको भन्दै पिताले बर्लिन विश्वविद्यालयमा सरुवा गरे जहाँ दर्शन शास्त्र र इतिहास अध्ययनका कारण कानुन विषयको महत्व घट्यो । यस अवधिमा माक्र्सले धेरै कविता र निबन्धहरू लेखे ।
कार्ल माक्र्सले सन् १८४२ मा ब्रुनो बुयरसँग मिलेर ‘रेन्चे जाइतुङ’ नामक पत्रिका निकालेर किसानमाथि गरिएको विभेदविरुद्ध लेखेपछि पर्सियन सरकारले प्रतिबन्ध लगायो र उनलाई देश निकाला गरियो ।
पर्सियापछि माक्र्सलाई पेरिस बस्न पनि प्रतिबन्ध लाग्यो र उनी ब्रसेल्समा पुगे । त्यही वर्ष एंगेल्सको ‘कन्डिसन्स अफ दी वर्किङ क्लास इन इंग्लैन्ड’ बाहिर आयो जुन बृहत् अध्ययन तथा वस्तुगत अनुसन्धानका आधारमा आधारित थियो । त्यसपछि एंगेल्ससँगै माक्र्स इंग्लैन्ड पुगे र राजनीतिक अर्थशास्त्र, इंग्लिस र समाजवाद पढ्न थाले । श्रमजीवि संगठनका नेताकार्यकर्तासँग उठबस गर्न थाले ।
दुई जना मिलेर १८४५ मै जर्मन आइडोलोजी नामक पुस्तक लेखे, तर त्यो पुस्तक भने १९३२ मा मात्र प्रकाशित भयो । १८४८ मा पन्ध्रौंको आलोचना गर्दै लेखिएको पुस्तक ‘दी पोभर्टी अफ फिलोसोफी’ प्रकाशित भयो । ब्रसेल्समा बस्दा माक्र्स संगठन निर्माणको काममा पनि संलग्न भए । त्यही विचार आदान–प्रदानका लागि एक अन्तर्राष्ट्रिय सञ्जाल निर्माण गरे ।
त्यही सञ्जाल पछि गएर ‘श्रमजीवी जनताको पहिलो अन्तर्राष्ट्रिय आन्दोलन’का रूपमा स्थापित भयो । ९ जुन अफ १८४७ मा पहिलो सम्मेलन गरेर ‘ओर्किङ म्यान आफ दी अल कन्ट्रिज युनाइट’ घोषणा गरियो । त्यही वर्ष गरिएको दोस्रो सम्मेलनले माक्र्स र एंगेल्सलाई राजनीतिक तथा सैद्धन्तिक कार्यक्रम तयार पार्ने जिम्मा दियो ।
उनीहरूले सन् १८४८ मा कम्युनिस्ट पार्टीको घोषणापत्र तयार पारे । घोषणापत्र प्रकाशित भएपछि युरोपमा ठूलो हल्लीखल्ली हुन पुग्यो । जर्मन र फ्रान्सबाट पुनः लखेटिएपछि मार्क्स १८४९ मा लन्डनमा बस्न थाले र जीवनभर त्यहीँ रहे ।
माक्र्सवादलाई धर्मशास्त्रजस्तो नबनाई विधिसंगत ढंगको अध्ययनमार्फत अगाडि बढाउनुपर्छ ।
मार्क्सले भनेझैँ राष्ट्रभित्र रहेका स्रोतसाधहरू जमिन, श्रमशक्ति, उद्योगधन्दा, पुँजी र वित्त कसरी परिचालित भएका छन् ? कसरी, कसले, कसका हितमा उपयोग र दोहन गरिरहेका छन् ? यसको विधिवत् अध्ययन आवश्यक छ । विगतमा ‘डाइलेक्टिक्सको’ जसरी हत्या हुन पुग्यो अबका दिनमा त्यसो हुन नदिन पुनर्जीवन कसरी दिने, बहस छलफललाई कसरी संगठनको जीवन बनाउने ? कसरी वर्ग संघर्षलाई क्रान्तिपछि पनि जीवन्त तुल्याउने ?
संघर्षको कसरी पहिचान गर्ने ? दलित, जनजातिमाथि गरिएका आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक भेद र अन्य सीमान्तकृत जनसमुदायलाई गरिएका हिजोदेखिका भेदभावलाई कसरी हटाउने ? कस्तो राजनीतिक अभियानमार्फत, कस्तो आर्थिक तथा सामाजिक रूपान्तरण गर्ने ? जस्ता अहम विषयमा केन्द्रित हुन आवश्यक छ ।
ठोस परिस्थितिको ठोस विश्लेषण, परिवर्तनका लागि ठोस योजना, योजना कार्यान्वयनका लागि नयाँ क्रियाशील र कामकाजी संस्थाहरूको व्यवस्थापनजस्ता विषयहमा नेपालका वामपन्थी शक्तिहरुले ध्यान दिनुपर्छ । जनतालाई कम्युनिष्टहरु नाम मात्रका माक्र्सवादी हुन्, यिनले सुधार गर्दैनन् भन्ने लाग्यो भने काँधबाट तल खसालिदिन्छन्, जसरी सोभियत सरकारको लास बोक्न कोही सडकमा ओर्लिएका थिएनन् ।
यस अर्थमा महान बिचारक,श्रमजीवी, सर्वहारा वर्गका महान नेता, क्रान्ति र मुक्तिका योजनाकार, दुई शताब्दीकै महान दार्शनिक, सिद्धान्तकार कार्लमाक्सप्रति भावपूर्ण श्रद्धाञ्जली !
तपाईको प्रतिक्रिया