जन्मदिनमा सहयोग
समाधान संवाददाता, पोखरा
जन्मदिनमा उत्सवमात्र होइन, सामाजिक काम पनि गर्ने चलन बढ्दै गएको छ । यही भावना आत्मासात् गर्दै पोखरा ३०का विश्वास गौतमल पोखरा २१का विपन्न, अपांगहरुलाई खाद्यान्न सहयोग गरेका छन् ।
कोभिड १९को महामारीले निम्त्याएको संकटमा उनी सोमबार पोखरा २१ कृस्ती स्थित वडाकार्यालय पुगे ।‘हामीले वडा कार्यालयको समन्वयमा बिशेषतःअपांगलाई लक्षित गरी सहयोग गरेका हौं,’ उनले भने ।
गौतमले २० बोरा चामल, तेल, दाल, नून लगायतका खाद्यान्न सहयोग गरे ।
पोखरा २१का वडाध्यक्ष खगराज आचार्यले युवा समाज रुपान्तरण र विकासकालागि एक्सनमा उत्रिनुपर्नेमा जोड दिए ।
पोखरा २१ कोभिड १९ सहयोग उपसमिति संयोजक अर्जुन गिरीले सहयोगका लागि धन्यवाद दिए । कोभिड महामारीको घडीमा यसप्रकारको सहयोग सराहनीय भएको उनले जनाए ।
कार्यक्रमको सहजीकरण पोखरा २१ कोभिड १९ सहयोग उपसमिति सदस्य सीता विकले गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया