चलचित्र पत्रकार संघको भित्तेपात्रो

समाधान संवाददाता २०७८ वैशाख २२ गते ८:०३

समाधान संवाददाता, पोखरा

चलचित्र पत्रकार संघ(चपस) कास्कीले २०७८ सालको भित्तेपात्रो सार्वजनिक गरेको छ । मंगलबार सुरक्षाका मापदण्डलाई अवलम्बन गर्दै भएको कार्यक्रममा भित्तेपात्रो लोकार्पण गरिएको हो ।

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष बिमला भण्डारी, चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देल, चपस कास्की निर्वतमान अध्यक्ष रेम विक, सल्लाहकार राजाराम पौडेल र अध्यक्ष अरुण गिरीले भित्तेपात्रो सार्वजनिक गरेका हुन् ।

Advertisement

नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष भण्डारीले चलचित्र पत्रकारको पछिल्लो टिमले उदाहरणीय काम गरेको बताइन् । जोखिमका बेला आइपर्ने चुनौतीको सामना गर्दै अवसर खोज्नुपर्ने उनको भनाइ छ ।

चलचित्र पत्रकार संघ कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले १८ वर्षअघि संस्था जन्मिएको स्मरण गरे ।

Advertisement

महासंघको अहिलेको कार्यसमितिमा चलचित्र पत्रकार संघ कास्कीका सदस्यको राम्रो प्रतिनिधित्व भएको उल्लेख गर्दै उनलेचलचित्र पत्रकारितालाई विकास गर्ने योजना बनाउन आग्रह गरे ।

संघका अध्यक्ष गिरीले संस्थाको कोषवृद्धिका लागि भित्तेपात्रो प्रकाशन गरिएको बताए । कार्यक्रममा सचिव प्रभु अधिकारीले पनि बोलेका थिए ।

तपाईको प्रतिक्रिया