महानगर युवा परिषदमा हरिबोल

समाधान संवाददाता २०७८ वैशाख २२ गते ८:१४

समाधान संवाददाता, पोखरा

पोखरा महानगरपालिका नगर युवा पुरिषदको उपाध्यक्षमा हरिबोल गौतम नियुक्त भएका छन् ।

नगर युवा परिषद् सञ्चालन कार्यविधि २०७५ (प्रथम) संशोधन २०७५ को दफा ३ (ख) बमोजिम मंगलबारको प्रमुखस्तरीय निर्णयबाट उनी नियुक्त भएका हुन् । उनको कार्यकाल ४ वर्षको छ ।

Advertisement

कार्यकारी समितिका अध्यक्षलाई मासिक २० हजार रुपैया तथा उपाध्यक्षलाई मासिक १४ हजार, कार्यकारी समिति सदस्यलाई मासिक १० हजार रुपैयाँ व्यवस्थापन खर्च उपलब्ध गराइनेछ ।

उपाध्यक्षमा गौतम अनेरास्ववियूका पूर्व जिल्ला अध्यक्ष र पूर्व केन्द्रीय सदस्य हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया