पीएसजीलाई हराउँदै सिटी फाइनलमा

समाधान संवाददाता २०७८ वैशाख २२ गते ८:२२

काठमाडौँ

म्यानचेस्टर सिटी आफ्नो इतिहासमै पहिलो पटक च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । सिटीले मंगलबार राति इतिहाद रंगशालामा सेमिफाइनलको दोस्रो लेगमा फ्रान्सको पेरिस सेन्ट जर्मेन पीएसजी माथि २–० को विजय प्राप्त गर्‍यो ।

दोस्रो लेगको नतिजासँगै सिटी समग्रमा ४–१ को जितसहित फाइनल प्रवेश गर्‍यो । सिटीले अब उपाधिका लागि मे २९ मा रियल म्याड्रिड र चेल्सीबीचको विजेताको सामना गर्नेछ । घरेलु मैदानमा सिटीलाई जित दिलाउन दुबै गोल रियाद माहरेजले गरे । पहिलो लेगमा सिटी २–१ ले विजयी हुँदा पनि माहरेजले गोल गरेका थिए ।

Advertisement

इंग्लिस प्रिमियर लिग उपाधिको नजिक रहेको सिटीले यस सिजन ‘ट्रेबल’ जित्‍न सक्नेछ । च्याम्पियन्स लिग र प्रिमियर लिग उपाधि नजिक रहेको सिटीले यसअघि नै कारबाओ कप उचालिसकेको छ ।

सिटी यसअघि पेप ग्वार्डिओलाको नेतृत्वमा च्याम्पियन्स लिगको सेमिफाइनल पनि पुग्‍न सकेको थिएन । त्यसो त ग्वार्डिओला कै लागि पनि यो तेस्रो च्याम्पियन्स लिग फाइनल हो । यसअघि उनले सन् २००९ र २०११ मा बार्सिलोनालाई च्याम्पियन्स लिग जिताएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया