थप ५७४ जनामा कोरोना संक्रमण

समाधान संवाददाता २०७८ वैशाख २२ गते १७:११

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ५७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका १० जिल्लामा गरिएको १२९० परीक्षणमध्ये ५७४ जनामा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय, गण्डकीले जनाएको छ ।

थपिनेमा सबैभन्दा बढी कास्कीका २९२ जना छन् । गोरखामा ६०, बागलुङमा ५३, नवलपुरमा ५२, तनहुँमा ४४, स्याङ्जामा २७ जनामा संक्रमण देखिएको छ । पर्वतमा ८ र लमजुङमा २ जना संक्रमित थपिएका छन् । प्रदेशभर कोरोना संक्रमितको संख्या २० हजार ४ सय २७ पुगेको छ । २८०४ जना संक्रमित होम आइसोलेसनमा छन् । आज ८७ जना निको भएका छन् ।

Advertisement

गण्डकी प्रदेशमा २ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार स्याङ्जा र पर्वतका १÷१ संक्रमितको ज्यान गएको हो ।

स्याङ्जा गल्याङ नगरपालिका ११ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बेलुका करिब १० बजे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । १८ वैशाखमा कोरोना पुष्टि भएका उनमा निमोनियको समस्या थियो ।

Advertisement

पर्वत जिल्लाको जलजला गाउँपालिका ७ का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको मंगलबार बेलुका सवा ८ बजे मणिपाल अस्पतालमा मृत्यु भएको हो । उनमा मुटुको समस्या थियो । गण्डकीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २३७ पुगेको छ ।

तपाईको प्रतिक्रिया