मदनकृष्ण फेरि अस्पताल भर्ना

समाधान संवाददाता २०७८ वैशाख २२ गते १८:०७

काठमाडौं, २२ वैशाख

Advertisement

कलाकार मदनकृष्ण श्रेष्ठ फेरि अस्पताल भर्ना भएका छन् । अक्सिजन लेबलमा कम भएपछि उनी अहिले मेडिसिटी अस्पतालमा भर्ना भएका छन् ।

८ दिन अस्पतालमा उपचारपछि गएको आइतबारमात्रै उनी घर फर्किएका थिए । उनकी छोरी सराना श्रेष्ठले अक्सिजन लेवल ८४ मा झरेपछि अस्पताल लगिएको बताइन् ।

साढे १० बजे एम्बुलेन्सलाई फोन गर्दा पनि साढे ३ बजेसम्म बेड मिलाउन समय लागेको उनको भनाइ छ । उनले भनिन्, बुवाको लागि त बेड मिलाउन यस्तो गाह्रो भयो भने बाँकी सर्वसाधारण अनि विपन्न वर्गका लागि झन् कस्तो गाह्रो भइरहेको होला, सम्झेरै डर लाग्छ ।”

श्रेष्ठको छातीमा सामान्य इन्फेक्सन देखिएकाले चिकित्सकले केही दिन अस्पतालमै राखेर उपचार गर्ने निर्णय लिएको सरानाले जानकारी दिइन् ।

Advertisement

पूरै परिवारलाई नै कोरोना संक्रमण भएको मदनकृष्णले वैशाख ६ गते सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका थिए ।

तपाईको प्रतिक्रिया