प्रदेश प्रमुख सरकारको प्रवक्ता बनेको विपक्षी सांसदको टिप्पणी

समाधान संवाददाता, पोखरा
गण्डकी प्रदेशकी नवनियुक्त प्रदेश प्रमुख सीता पौडेलले पदभार ग्रहण गरेलगत्तै पदीय मर्यादा विपरीत अभिव्यक्ति दिइन् ।
समाधानसँगको कुराकानीमा उनले सभामुखको राजीनामा माग्नुपर्ने बेला आएको देखि संसदको गतिरोधमा विपक्षी दलको भूमिका रहेको बताइन् ।
माओवादीकी सांसद आशा कोइरालाले प्रदेश प्रमुख सरकारको प्रवक्ता जस्तो गरेर बोलेको बताएकी छन् । सरकारको प्रवक्ता, दलको कार्यकर्ता र सभामुखको कट्टर आलोचकको रुपमा प्रदेश प्रमुख उत्रिएको उनको भनाइ छ ।
प्रदेश प्रमुख त सेरेमोनियल हो नि, सरकारको प्रवक्ता, दलको कार्यकर्ता र सभामुखको कट्टर आलोचक बन्नु भएको रहेछ,’ उनले भनिन् ।
कोइरालाले प्रदेश प्रमुख पौडेललाई पुरानो महिला नेतृ भनेर सम्मान गर्ने गरेपनि राजनीतिक चेत नभएको झैं प्रस्तुत भएको बताइन् । संविधानले प्रदेश प्रमुखलाई दिएको क्षेत्राधिकार भुलेर नियमको कुनै ज्ञान नभएको भन्दै आलोचना गरिन् ।
‘आफ्नै कार्यकालमा सदनमा गतिरोध आएको झैं यसो र त्यसो भयो, विपक्षी दोषी भन्नुभएछ, संविधानको ज्ञान रहेनछ,’ उनले भनिन् ।
उनको भनाइ अहिले विवादीत बनेको छ । विपक्षी दलले उनको भनाइको विरोध जनाएको छ । जनता समाजवादी पार्टी (जसपा)का सांसद हरिशरण आचार्यले फेसबुकमा स्टाटस लेख्दै प्रदेश प्रमुख पौडेलले पदको मर्यादा भुलेर बोलेको बताएका छन् ।
‘प्रदेशवासीको अभिभावक मान्ने गर्छन्, कति हतार २४ घन्टा पनि मर्यादामा बस्न नसक्नेलाई कसरी अभिभावक मानौं ?’ आचार्यले लेखेका छन् । प्रदेश प्रमुख पौडेलले नैतिकता गुमाएको र आफूहरुको विश्वास गुमाएको उनले बताए ।
प्रदेश प्रमुख पौडेलले समाधानलाई दिएको विवादित प्रतिक्रिया उनकै शब्दमाः
संविधानको परिधिभित्र बसेर प्रदेशमा समन्वय गर्ने मेरो मुख्य जिम्मेवारी हुन्छ । विधेयक, ऐनहरु प्रमाणिकरण गर्ने अर्को जिम्मा हुन्छ । संसद बोलाउने, बजेट प्रस्तुत गर्ने, नीति कार्यक्रम बनाउने अर्को जिम्मा भयो ।
प्रदेश सभामा अहिले गतिरोध छ । यसमा म समन्वय गर्नेछु । सबै दलहरुलाई मिलाएर लैजाने, अवरुद्ध संसदलाई निकास दिन पहल गर्ने मेरो भूमिका हुन्छ ।
गण्डकी प्रदेश सभा अवरुद्ध गराउने काम त सत्ता पक्षले गरेको होइन । यो अवरुद्ध गराउने काम त प्रतिपक्षीले नै ग¥यो । सत्ता पक्ष त यसलाई कन्टिन्यु गरौं भन्ने पक्षमै छ नि ।
सरकारलाई थाहा नदिइकिन कसैलाई थाहा नदिइ के त्यस्तो घडी प¥यो कि सभामुखले अनिश्चितका लागि सूचना जारी गरेर लथालिंग पार्ने काम त सभामुखले गर्नुभयो । अविश्वास प्रस्ताव दर्ता भाछ, छलफल सुरु भाछ, कार्यसूचीमा चढिसकेको छ, मतदानमा जाने प्रक्रिया चलिसकेको छ, त्यस्तो अवस्थामा सभामुखले एकाएक अनिश्चितका लागि बन्द गर्ने के घडी प¥यो ? त्यहाँबाट खोज्नुप¥यो समस्याको चुरो । यसमा मेरो भूमिका हुन्छ ।
अबको नियम कानुनको परिधिभित्रै बसेर निकास दिन काम गर्ने हो । नियमअनुसार भन्ने हो भने अब अविश्वास प्रस्ताव निश्क्रिय भएको जस्तो अवस्था छ नि त । छलफल चलिसकेको मतदानमा जान लागेको कुरा एकाएक बन्द गर्दा अब के बुझ्ने त ? न सरकारलाई दोष दिने ठाउँ छ त्यहाँ । जिम्मेवारी सबै सभामुखले लिनुपर्छ । सभामुखले नै कसरी निकास दिने हो त्यो सभामुखले नै ल्याउनु प¥यो ।
सभामुखको राजीनामा माग्ने घडी त आइसक्यो त । कम्तीमा पनि मिलाउनु प¥यो, अहिलेलाई बैठक स्थगित गरौं भनेर सल्लाह गरेको भए यो परिस्थिति आउने थिएन होला नि । त्यही भएर सभामुखमा धेरै समस्या थियो, त्यो के हो, सहजीकरण गर्ने, फुकाउनेमा मेरो भूमिका रहन्छ ।







पोखरामा विद्युतीय तार भूमिगतको काममा ६० प्रतिशत प्रगति
फेवातालस्थित तालबाराही मन्दिर पुनर्निर्माण अन्तिम चरणमा
चापाकोटका विद्यार्थीलाई स्टेसनरी
३२ पिन्ट रगत संकलन
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया