ओलीले विश्वास मागे, देउवाले दिन्न भने

समाधान संवाददाता २०७८ वैशाख २२ गते १९:११

समाधान संवाददाता, पाेखरा ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सहयाेग गर्न नसक्ने जानकारी गराएका छन् ।

२७ गते विश्वासकाे मत लिने गरी संसद अधिवेशन आब्हान गरेकाे ओली बुधबार सहयाेग माग्न देउवा निवास बुढानिलकण्ठ गएका थिए ।

Advertisement

उनले विश्वासकाे मत दिन आग्रह गरेका थिए । लाेकतन्त्रका लागि सँगै लडेकाे भन्दै ओलीले कांग्रेसकाे सहयाेगकाे अपेक्षा गरेका थिए ।

नेताहरु रामबहादुर थापा, इश्वर पाेखरेल, सुवास नेवाङ र विष्णु पाैडेलसहित बुढानिलकण्ठ गएका ओलीलाई देउवाले अब सहयाेग गर्न नसकिने जानकारी गराएकाे नेता प्रकाशशरण महतले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया