रियललाई स्तब्ध पार्दै चेल्सी च्याम्पलिगकाे फाइनलमा

समाधान संवाददाता २०७८ वैशाख २३ गते ७:१३

एजेन्सी

फ्रेन्च क्लब पिएसजीकाे जस्तै स्पेनी क्लब रियल म्याड्रिडकाे सपना पनि चकनाचुर भएकाे छ । विश्वकै फुटबल प्रेमीहरुकाे प्रतिक्षाकाे प्रतियाेगिताकाे च्याम्पियन्स लिग फुटबलको उपाधिका लागि यो सिजन दुई इंग्लिस क्लब बिच प्रतिस्पर्धा हुने भएको छ ।

स्पेनिस जाइन्ट रियल मड्रिडलाई पराजित गरेर चेल्सीले अर्को इंग्लिस क्लब म्यानचेस्टर सिटीसँगको फाइनल भेट पक्का गरेको हो ।

Advertisement

घरेलु मैदानमा बुधबार राति भएको फेमिफाइनल दोस्रो लेगमा चेल्सीले रियल मड्रिडमाथि २–० को जित दर्ता गरेको हो ।

पहिलो लेगमा १–१ को बराबरी भएकाले चेल्सी समग्रमा ३–१ ले विजयी हुँदै फाइनलमा पुग्न सफल भएको हो ।

Advertisement

चेल्सीको जितमा टिमो वेर्नर र म्यासन माउन्टले गोल गरेका हुन् । २८ औँ मिनेटमा वेर्नर र ८५ औँ मिनेटमा माउन्टले गोल गरेका हुन् ।

यसअघि मंगलबार राति भएको खेलमा पिएसजीलाई पराजित गरेर म्यानचेस्टर सिटीले फाइनलमा स्थान बनाएको थियो ।

उपाधिका लागि मे २९ मा स्थानबुलमा चेल्सी र म्यानचेस्टर सिटीबिच प्रतिस्पर्धा हुनेछ ।

तपाईको प्रतिक्रिया