गोरु काट्ने पक्राउ

समाधान संवाददाता २०७८ वैशाख २३ गते ८:०१

समाधान संवाददाता, पोखरा

पीपलडालीबाट २ जनालाई प्रहरीले गोरु काटेको अभियोगमा पक्राउ गरेको छ । बुधबार बिहान खटिएको प्रहरी टोलीले ८४ वर्षीय दिलबहादुर तामाङ र ५० वर्षीय गंगाबहादुर गुरुङलाई पक्राउ गरेको हो ।

प्रहरीले तामाङ र गुरुङलाई गोरुको टाउको, मासु र मासु काट्न प्रयोग हुने हतियारसहित नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको कास्कीका प्रहरी प्रवक्ता सुवास हमालले जानकारी दिए ।

Advertisement

उनीहरुलाई पशुपंक्षीसम्बन्धी कसुरमा जिल्ला अदालतबाट ८ दिन म्याद थप गरी हिरासतमा राखिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया