एकीकृत बस्तीमा जान सिँढी

समाधान संवाददाता २०७८ वैशाख २३ गते ८:२२

समाधान संवाददाता, पोखरा

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन इकाइ कास्कीले मादी गाउँपालिका वडा नम्बर ६ तप्राङको एकीकृत बस्तीमा जानको लागि सिँढी निर्माण गरेको छ ।

तप्राङको भेडिखर्क र भूमे टोल विकास संस्थालाई समेट्ने गरी सिँढी निर्माण भएको वडा नम्बर ६का अध्यक्ष पसबहादुर बास्तोला ‘श्याम’ले जानकारी दिए । उनले १ करोडको लागतमा सिँढी बाटो बनाएको बताए ।

Advertisement

‘एउटा टोल विकास संस्थामा २५ निजी आवास निर्माण भएको खण्डमा सिँढी बनाउन सहयोग गर्ने नियम रहेछ,’उनले भने, ‘६ टोल विकासमध्ये ती टोल मापदण्डमा परेर सिँढी बाटो बनेको छ ।’ उनले दुबै एकीकृत बस्तीमा ५५ घर निजी आवास बनेको उल्लेख गरे ।

अध्यक्ष बास्तोलाले एकीकृत बस्तीका लागि सोलार बत्ती राख्ने, रिटेलिङ वाल निर्माणको लागि ६० लाखको टेन्डर भएको जानकारी दिए । मादीका १२ वडामध्ये वडा नम्बर ६मा सबभन्दा बढी १सय६ निजी आवास बनेका छन् ।

Advertisement

२०७२ वैशाख १२ गते गोरखाको बारपाकलाई केन्द्रविन्दु बनाएर गएका भूकम्पको ६ वर्षको अवधिमा राष्ट्रिय पुननिर्माण प्राधिकरणले पुनर्निर्माण र पुनस्र्थापनाको प्रमुख क्षेत्र निजी आवास निर्माणमा ९३ प्रतिशत उपलब्धि हासिल गरेको छ ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) कास्कीको सहयोग मादी गाउँपालिकामा धनुबास कालिका माध्यमिक विद्यालय, जनमन्दिर आधारभूत विद्यालय थुम्सीकोट, प्रभात आधारभूत विद्यालय पाखुरीकोट, नारायणी आधारभूत विद्यालय रोहीगाउँ, सिद्ध आधारभूत विद्यालय पोसीको भवन निर्माणको काम भइरहेको छ । महारुद्र माध्यमिक विद्यालय तप्राङको खानेपानी टंकी र शौचालय निर्माण भएको अध्यक्ष बास्तोलाले जानकारी दिए ।

तपाईको प्रतिक्रिया