गण्डकीमा थप ४ जनाको मृत्यु, मृतक २४१ पुगे

समाधान संवाददाता २०७८ वैशाख २३ गते १२:३२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार कास्कीका ३ र म्याग्दीका १ संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

मृत्यु हुनेमा कास्कीको पोखरा ३ का ८७ वर्षीय पुरुष, पोखरा २९ का ४१ वर्षीय पुरुष, पोखरा १७ का ७३ वर्षीय पुरुष र म्याग्दीको धौलागिरी गाउँपालिका २ की ७२ वर्षीय महिलाको मृत्यु भएको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

Advertisement

पोखरा ३ का संक्रमितको चरक मेमोरियल अस्पतालमा र अरु तीन संक्रमितको मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

योसहित प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४१ पुगेको छ । प्रदेशमा २० हजार ४६८ कोरोना संक्रमित छन् । तीमध्ये १७ हजार १५९ जना निको भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया