कास्कीमा २२१ सहित गण्डकीमा ४०१ संक्रमित थपिए

समाधान संवाददाता २०७८ वैशाख २३ गते १५:००

समाधान संवाददाता, पाेखरा ।

विहीबार आधा दिन नबित्दै गण्डकी प्रदेशमा ४०१ जना काेराेना भाइरस संक्रमित थपिएका छन् । यी मध्ये आधा भन्दा धेरै कास्की जिल्लाका छन् ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनायले विहीबार दिउसाे २ बजेसम्म जारी गरेकाे प्रेस विज्ञप्तिका अनुसार गण्डकीका प्राय सबै जिल्लामा संक्रमित थपिएका छन् ।

Advertisement

कास्कीमा थपिएका २२१ मध्ये अधिकांश पाेखरा महानगरपालिकाका छन् । याे बाहेक माछापुच्छ्रे गाउपालिका र अन्नपूर्ण गाउपालिकामा पनि नयाँ संक्रमित थपिएका छन् ।

त्यस्तै नवलपुरमा ४१ जना, बाग्लुङमा ३१ जनामा काेराेना संक्रमणकाे पुष्टि भएकाे छ ।

Advertisement

हिमालपारीकाे जिल्ला मुस्ताङमा पनि संक्रमित थपिएका छन् । मुस्ताङकाे घरपजाेङ गाविसमा थप १४ जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे स्वास्थ्य निर्देशनालयले जनाएकाे छ ।

तपाईको प्रतिक्रिया