गायक प्रेमध्वज रहेनन्

समाधान संवाददाता २०७८ वैशाख २३ गते १५:०९

समाधान संवाददाता, काठमाडौं

वरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको बिहीबार निधन भएको छ । छातीमा समस्या देखिएपछि उनलाई विहान बसुन्धरास्थित न्युरो अस्पताल भर्ना गरिएको थियो ।

बिहीबार दिउँसो १ः४५ बजेतिर प्रधानको निधन भएको जानकारी संगीतकार संघका पूर्वअध्यक्ष लक्ष्मण शेषले दिए । उपचार गर्नुअघिको कोरोना परीक्षणमा रिपोर्ट पनि नेगेटिभ आएको जनाइएको छ । प्रधानको शवलाई बिहीबारै दाहसंस्कार गर्ने तयारी भइरहेको उनका भतिज मञ्जुकुमार प्रधानले जानकारी दिए । प्रधानका दुईवटा छोराहरु अमेरिकामा छन् ।

Advertisement

८२ वर्षे प्रधानको उपचारका क्रममा निधन भएको उनका भाञ्जा समेत रहेका मञ्जुकुमारले जानकारी दिए । प्रधानका चर्चित गीतहरुमा ‘घुम्तीमा नआऊ है’, ‘गुलाफी घुम्टो’, ‘नमान लाज यसरी’, ‘टाढा नभइदेऊ फेरि’, ‘पर लैजाऊ फूलहरू’ लगायत छन् ।

सात सयभन्दा बढी गीत रेकर्ड गराएका प्रधान सानैबाट संगीतमा लागेका थिए । उनको रेडियो नेपालमा पहिलो रेकर्डेड गीत ‘याद कसैको आइरहेछ यो अँधेरी रातमा’ थियो ।

Advertisement

तपाईको प्रतिक्रिया