एकै दिनमा ९०७० जना संक्रमित

समाधान संवाददाता २०७८ वैशाख २३ गते १७:३८

समाधान संवाददाता, पाेखरा ।

काेराेना भाइरसकाे महामारीले नेपाल डरलाग्दाे गरी फैलिएकाे छ । यसकाे चेन टुटाउनका लागि राजधानी लगायतका देशका मुख्य शहर र अधिकांश जिल्ला सदरमुकाममा निषेधाज्ञा लागु गरिएपनि फैलिने क्रम राेकिएकाे छैन ।

विहीबार मात्र देशभरमा ९ हजार ७० जनामा काेराेना भाइरस संक्रमण पुष्टि भएकाे छ । याे अहिलेसम्मकै किर्तिमान हाे । एकै दिन यति धेरै संक्रमित अहिलेसम्म थपिएका थिएनन् ।

Advertisement

पछिल्लाे २४ घण्टामा काेराेना कै कारण ५४ जनकाे ज्यान गएकाे छ भने २७०७ जना संक्रमण मुक्त भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया