के गर्दैछन् माधव नेपालः देउवा भेटेपछि राष्ट्रपति भेट्न शितलनिवासमा

समाधान संवाददाता २०७८ वैशाख २३ गते २०:३६

समाधान संवाददाता, काठमाण्डाैं ।

नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालकाे राजनैतिक दाैडधुप रहस्यमय ढंगले चलिरहेकेा छ ।

विहीबार साँझ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बुढानिलकण्ठ पुगेका नेपाल त्यहाँबाट निस्के लगत्तै राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शितलनिवास गएका छन् ।

Advertisement

एमालेमा अध्यक्ष केपी शर्मा ओलीबाट कारवाहीमा परेका नेपालले एमालेकै नेताकाे हैसियतमा देशैभर समानान्तर कमिटी बनाइरहेका छन् ।

२७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले सदनमा विश्वासकाे मत लिने भएपछि माधव नेपाल पक्षमा लागेका सांसदहरुलाई धर्म संकट परेकाे छ ।

Advertisement

उता नेपाल पक्ष सांसदले राजीनामा दिएमा वा अनुपस्थित भएमा ओली सरकार पनि गिर्ने भएकाले ओली खेमा पनि धर्म संकट मै छ ।

यसै सन्दर्भमा राजनैतिक भेटघाट तिव्र पारेका नेपालले माओवादी अध्यक्ष पुष्पकमल दाहाल, जसपा नेता उपेन्द्र यादवलाई समेत भेटघाट गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया