राष्ट्रपति भण्डारी र नेपालबीच झण्डै ३ घण्टा वार्ता

समाधान संवाददाता २०७८ वैशाख २४ गते ७:०१

समाधान संवाददाता, काठमाण्डाैंख।

राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका विद्राेही नेता माधव नेपालबीच विहीबार राती झण्डै ३ घण्टा गाेप्य वार्ता भएकाे छ ।

झण्डै साँढे ७ बजे शितलनिवास पुगेका नेपाल राती झण्डै साँढे १० बजे बाहिरिएका थिए ।

Advertisement

नेकपा भित्रकाे आन्तरिक झगडामा पुष्पकमल दाहालकाे पक्षमा लागेका बरिष्ठ नेता नेपाल नेकपा एकता भंङ्ग भएपछि एमालेमै समानान्तर गतिविधि गरेर हिडेका छन् । त्यसैका आधारमा अध्यक्ष केपी शर्मा ओलीले उनीसहितका ४ जना नेतालाई ६ महिनाका लाग कारवाही समेत गरेका छन् ।

अहिले एक सँगै रहने या नरहने भन्ने निर्णायक स्थिति आएकाे छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले यही २७ गते सदनबाट विश्वासकाे मत लिदैछन् । यसमा माधव नेपाल समुहले साथ दिएमा ओली जाेगिन सक्छन् । अन्यथा सरकार ढल्ने प्राय निश्चित छ ।

Advertisement

यस्ताे अवस्थामा नेपालले राजनैतिक भेटघाट तिव्र पारेका हुन् । नेपाल राष्ट्रपतिकाेमा जानु अघि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग छलफलमा थिए । त्यहाँबाट सिधै शितलनिवास पुगेका हुन् ।

झण्डै ३ घण्टाकाे बसाइमा के के कुरा भए सार्बजनिक भैसकेकाे छैन् । तर शितलनिवासमा वार्ता चलिरहदा बालुटारमा बसेकेा मन्त्रिपरिषद्काे बैठकले पनि कुनै निर्णय गरेकाे गरेकाे छैन् ।

एमाले निकट श्राेतका अनुसार राष्ट्रपति भण्डारीले अन्तिम अवस्थामा पुरानाे नेकपा एमालेकाे एकता जाेगाउन पहल गरेकाे बुझिएकाे छ ।

तपाईको प्रतिक्रिया