कस्तो रहन्छ आजको मौसम ?

समाधान संवाददाता २०७८ वैशाख २४ गते ११:०४

काठमाडौँ

देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने मौसमविदले बताएका छन्।

Advertisement

देशका केही स्थानमा मेघगर्जन र चट्याङ् तथा हावाहुरी र असिनासहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

शुक्रबार राति देशका पहाडी भूभागका धेरै स्थानहरूमा सामान्य देखि पूर्ण बदली र बाँकी भूभागहरुमा आंशिक देखि सामान्य बदली रहने छ।

Advertisement

तपाईको प्रतिक्रिया