ओलीसँग सहमति भएको छैनः माधव नेपाल

समाधान संवाददाता २०७८ वैशाख २४ गते ११:३१

समाधान संवाददाता, पोखरा

नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अहिलेसम्म पार्टी अध्यक्ष केपी ओलीसँग सहमति नभएको बताएका छन् । फेसबुकमा लेख्दै उनले २०७५ जेठ २ मै फर्किनुपर्ने अडान लिँदै अहिलेसम्म सहमति नभएको बताएका हुन् ।

उनले फेसबुकमा लेखेका छन्, ‘हामी सिद्धान्तनिष्ठ, क्रान्तिकारी, नीति र विधिको आधारमा चल्ने सुदृढ र एकतावद्ध एमाले चाहन्छौं किनकी यो हामीले निर्माण गरेको पार्टी हो । यसका लागि वार्ता र लचकता दुवै अपनाउछौं, तर अहिले सम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र तत्पश्चात बसेका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनु पर्छ र २०७५ जेष्ठ २ गतेको कमिटी, विधान र नेतृत्व नै हाम्रो बटम लाइन हो । यस सम्बन्धमा कुनै किसिमको भ्रममा नपर्न , नअल्मलिन र सुदृढ र सशक्त पार्टी बनाउने महान अभियानमा लागिरहन आह्वान गर्दछौं।

Advertisement


Advertisement

तपाईको प्रतिक्रिया