गण्डकीमा थप ४ को मृत्यु

समाधान संवाददाता २०७८ वैशाख २४ गते ११:४४

समाधान संवाददाता, पोखरा

गण्डकीमा थप ४ कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार पर्वतका २, कास्की र तनहुँका १÷१ संक्रमितको मृत्यु भएको हो ।

पर्वत जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको हो । उनमा २३ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

Advertisement

पर्वतकै कुष्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष संक्रमितको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा १३ वैशाखमा कोरोना देखिएको थियो ।

तनुहँ व्यास नगरपालिका १ की ६० वर्षीय महिला संक्रमितको बिहीबार बेलुका निधन भएको हो । उनमा हिजो नै कोरोना देखिएको जनाइएको छ ।

Advertisement

२२ वैशाखमा कोरोना संक्रमण पुष्टि भएका कास्की पोखरा महानगरपालिका २५ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४५ पुगेको छ ।

तपाईको प्रतिक्रिया