डिबी नेपालीलाई पितृ शाेक

समाधान संवाददाता २०७८ वैशाख २४ गते १२:०४

समाधान संवाददाता, पाेखरा ।

टाइगर ग्रुप अफ पाेखरा नेपालका सदस्य एवं क्षेत्रीय खेलकुद विकास समिति पाेखराका अधिकृत डिबी नेपालीलाई पृति शाेक परेकाे छ ।

नेपालीका पिता कर्णबहादुर राजपालकाे विहीबार ६८ बर्षकाे उमेरमा काठमाण्डाैंमा निधन भएकाे हाे ।

Advertisement

सुगर र प्रेसरकाे औषधी सेवन गर्ने राजपालले विहीबार १० बजे असजिलाे महसुस गरेकाले काठमाण्डाैं स्थित करुणा हस्पिटलमा भर्ना गरिएकाे थियाे ।

स्वर्गीय राजपालका श्रीमती, २ छाेरा र ३ छाेरी छन् । उनकाे हिजै पशुपति आर्यघाटमा अन्त्यष्टी गरिएकाे पारिवारिक श्राेतले जानकारी दिएकाे छ ।

Advertisement

यसैबीच टाइगर ग्रुप अफ पाेखरा नेपालका अध्यक्ष नारायण शर्मा पाैडेलले शुक्रबार एक शाेक वक्तब्य जारी गर्दै बुबाकाे निधन प्रति दुख व्यक्त गरेकाे छ । बुबाकाे निधनले परिवारमा परेकेा क्षती प्रति दुख व्यक्त गर्दै शाेक वक्तब्यमा समवेदना व्यक्त गरिएकाे छ ।

तपाईको प्रतिक्रिया