उम्मेदवारी दर्ता गर्न हेलिकप्टरमा गए वादल

समाधान संवाददाता २०७८ वैशाख २४ गते १२:१४

समाधान संवाददाता, पाेखरा ।

अन्तत गृहमन्त्री रामबहादुर थापा वादल नै एमालेकाे तर्फबाट वाग्मती प्रदेशकाे उम्मेदवार बन्ने भएका छन् ।

जेठ ६ गते हुने राष्ट्रिय सभा सदस्य निर्बाचनमा एमालेले बादललाई नै उम्मेदवार बनाउने निर्णय गरेकेा छ ।

अहिले भर्खरै सम्पन्न एमाले स्थायी कमिटीकाे निर्णयपछि थापा हेलिकाेप्टर लिएर उम्मेद्वारी दर्ता गर्न हेटाैडा तर्फ हिडेका छन् ।आज उम्म्दवारी दर्ता गर्ने दिन हाे ।

उनका प्रतिस्पर्धीका रुपमा कांग्रेस–माओवादी–माधव नेपाल समुहकाे तर्फबाट खिमलाल देवकाेटा चुनाबी मैदानमा छन् । उनले उम्मेदवारी दर्ता गराइसकेका छन् ।

तपाईको प्रतिक्रिया