गण्डकीमा कोरोना भयावह, एकैदिन १३९६ संक्रमित

समाधान संवाददाता २०७८ वैशाख २४ गते १८:१५

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा एकैदिन १३ सय ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश स्वास्थ्य निर्देशनालय गण्डकीका अनुसार कास्कीका ८५६ सहित प्रदेशका १० जिल्लामा गरेर शुक्रबार १३ सय ९६ संक्रमित थपिएका हुन् ।

Advertisement

शुक्रबार पर्वतका १६७, तनहुँका ६१, गोरखाका ६०, स्याङ्जाका ५९, म्याग्दीका ५६, नवलपुरका ५४, बागलुङका ५३, लमजुङका २८ र मुस्ताङका २ जनामा पोजेटिभ देखिएको हो ।

यो हालसम्मकै उच्च संक्रमण दर हो । गत २२ वैशाखमा एकै दिन ५७४ जनामा कोरोना पुष्टि भएको थियो । आज थपिएकासहित गण्डकीमा कोराना संक्रमितको संख्या २२ हजार २९६ पुगेको छ ।

Advertisement

शुक्रबार ८६ संक्रमित निको हुँदा कोरोनालाई जित्नेहरु १७ हजार ३८८ पुगेका छन् । संक्रमितमध्ये २४८ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया