गण्डकीमा थप ७ जनाको मृत्यु, मृतक २४८ पुगे

समाधान संवाददाता २०७८ वैशाख २४ गते १८:३०

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले शुक्रबार पर्वतका २, कास्की, म्याग्दी, तनहुँ, दाङ र रुपन्देहीका १/१ संक्रमितको मृत्यु पुष्टि गरेको हो ।

रुपन्देही र दाङका संक्रमितको क्रमशः पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र मणिपाल शिक्षण अस्पताल पोखरामा मृत्यु भएको हो ।

Advertisement

पर्वत जलजला गाउँपालिका ३ का ६३ वर्षीय पुरुष संक्रमितको होम आइसोलेसनमा मृत्यु भएको हो । उनमा २३ वैशाखमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

पर्वतकै कुश्मा नगरपालिका ९ का ५३ वर्षीय पुरुष संक्रमितको बिहीबार पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको हो । उनमा १३ वैशाखमा कोरोना देखिएको थियो ।

Advertisement

तनुहँ व्यास नगरपालिका १ की ६० वर्षीय महिला संक्रमितको बिहीबार बेलुका निधन भएको हो । उनमा बिहीबार नै कोरोना देखिएको जनाइएको छ ।

२२ वैशाखमा कोरोना संक्रमण पुष्टि भएका कास्की पोखरा महानगरपालिका २५ का ६८ वर्षीय कोरोना संक्रमित पुरुषको बिहीबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

म्याग्दीको बेनी नगरपालिका २ का ७३ वर्षीय पुरुषको मणिपाल शिक्षण अस्पताल, रुपन्देहीको बुटवल उपमहानगरपालिकाका ३२ वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र दाङको लमही नगरपालिका ५ की ४४ वर्षीय महिलाको मणिपाल अस्पतालमा मृत्यु भएको हो ।

योसहित गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या २४८ पुगेको छ । गण्डकीमा कोराना संक्रमितको संख्या २२ हजार २९६ पुगेको छ ।

शुक्रबार ८६ संक्रमित निको हुँदा कोरोनालाई जित्नेहरु १७ हजार ३८८ पुगेका छन् । 

तपाईको प्रतिक्रिया