रुपामा आइसोलेसन र कोभिड अस्पताल

समाधान संवाददाता २०७८ वैशाख २५ गते ११:१३

समाधान संवाददाता, पोखरा

कोभिड १९का बिरामीको व्यवस्थापनका लागिकास्कीको रुपा गाउँपालिकाले१६ शड्ढयाको आइसोलेसन तयार गरेको छ ।

पालिकाले १५शड्ढयाको कोभिड अस्पताल तयार पारेको पालिकाका अध्यक्ष नवराज ओझाले जानकारी दिए ।

Advertisement

पालिकाले वेगनास भोर्लेटार सडक अन्तर्गत वडा नम्बर १को गैरीभञ्याङमा आइसोलेसन केन्द्र निर्माण गरेकोहो ।

पालिकाको वडा नम्बर ६को रुपाकोट स्वास्थ्यचौकीलाई स्तरोन्नति गरी १५ शड्ढयाको अस्पताल बनाउन लागिएको छ । त्यही अस्पताललाई कोभिड अस्पतालको रुपमा रुपान्तरण गरिएको अध्यक्ष ओझाले बताए ।

Advertisement

‘पालिकाको आइसोलेसनमा अहिले बिरामी छैेनन्,’ अध्यक्ष ओझाले भने, ‘पालिकाभरीका ३ संक्रमित स्वास्थ्यकर्मीको निगरानीमा होम आइसोलेसनमा बसेका छन् ।’

उनले अहिलेसम्म पालिकामा कोरोनाको प्रभाव खासै नपरेको भएतापनि आवश्यक पूर्व तयारीलाई व्यवस्थित ढंगले गरेको दाबी गरे ।

अध्यक्ष ओझाले दोश्रो चरणको संक्रमण दर पोहोरको भन्दा भयावह भइरहेकाले अहिलेदेखिनै कोरोना न्यूनीकारण गर्नकालागि योजनाबद्ध ढंगले काम गरेको बताए ।

अहिलेसम्म कोरोनाको फैलावट खासै नदेखिएपनि वैदेशिक रोजगारीमा गएका काठमाडौं लगायत संक्रमणका उच्च जोखिम क्षेत्रबाट धेरै व्यक्ति भित्रिन सक्ने पालिकाको आंकलन छ ।

पालिकाले प्रत्येक वडामा क्वारेन्टिन व्यवस्थापन गर्न लागेको छ । उच्च जोखिम क्षेत्रबाट आउने आगन्तुकलाई अनिवार्य रुपमा कम्तीमा १४ दिन होम क्वारेन्टिनमा बस्न लगाइनेछ ।

कोरोना भाइरस नियन्त्रणका लागि वडा स्तरमा गठन भएका विपद् व्यवस्थापन समितिले क्वारेन्टिनमा बसे नबसेको निगरानी गर्ने व्यवस्था मिलाएको अध्यक्ष ओझाले जानकारी दिए ।

कोभिडको बिरामीलाई पालिकामा नै उपचार गर्ने तयारी गरेको छ ।पालिकाले कोरोनाका लक्षण देखिएका नागरिकको पिसिआरका लागि स्वाव संकलनको व्यवस्था मिलाएको छ ।

पालिकाले संक्रमितको लागि परामर्श र मोबाइल चिकित्सा सेवा दिनेछ । बिरामीलाई असहज परिस्थिति भएमा आइसोलेसन कक्ष र अस्पतालसम्म जाने व्यवस्थासमेत पालिकाले मिलाएको छ ।

पालिकाले राजनीतिक दल, जनप्रतिनिधि, शिक्षक कर्मचारी,स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वंयसेविका, आमा समूह, युवा क्लव सामाजिक संघ, संस्थाको समन्वयमा टोल टोलमा सचेतनामुलक कार्यक्रम गर्ने योजना बनाएको छ ।

कोरोना नियन्त्रणको लागि रुपाको पहल अन्तर्गत पालिकाका स्वास्थ्य संस्थाहरु २४सै घण्टा खोलेर ‘स्वास्थ्य सेवा प्रवाह गरिनेछ । पालिकाको नियम अनुसार २४ सै घण्टा एम्बुलेन्सको सेवा उपलब्ध हुनेछ ।

अध्यक्ष ओझाले नियमित औषधी सेवन गरेका दीर्घरोगका बिरामीलाई घरमा पुगेर सेवा दिइने बताए ।

अनलाइन शिक्षा तथा टोल सिकाई केन्द्रको व्यवस्थापनदेखि कृषिजन्य वस्तुको निशुल्क ढुवानी, पशु सेवा सञ्चालनलाई नियमित गरेको छ । पालिकामा प्रवेश गर्नेको हकमा मास्क, स्यानिटाइजरको प्रयोग अनिवार्य गरिएको छ।

पालिकामा प्रवेश गर्ने सबै नाकामा प्रहरी, स्थानीय बासिन्दाको सक्रियतामा बाहिरी जिल्लाबाट आएका व्यक्तिको विवरण संकलन गरी स्वास्थ्य शाखामा उपलब्ध गराउने व्यवस्था छ ।

तपाईको प्रतिक्रिया