नेलम्बोद्वारा स्वास्थ्य संस्थालाई सहयोग

समाधान संवाददाता २०७८ वैशाख २५ गते ११:१८

समाधान संवाददाता, पोखरा

पोखरा ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले कोरोना भाइरस बिरुद्घका स्वास्थ्य सुरक्षा सामग्री वितरण जारी राखेको छ । बिहीवार स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई सामग्री प्रदान थरियो ।

निर्देशनालयलाई १ लाख ८५ हजार ७ सय ५० तथा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ५० हजार सात सय ८० बराबरका सामग्री प्रदान गरियो ।

Advertisement

पिपिइ सेट, मास्क, भाइजर, फेस सिल्ड, सेनिटाइजर, सेनिटाइजर स्ट्यान्ड, थर्मल गन, साबुन, स्प्रे बोतल, गोब्ल्स् लगायतका सामग्री संस्थाका अध्यक्ष एकदेव देवकोटाले हस्तान्तरण गरेका हुन् ।

स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेश अन्तर्गतका सामग्री ग्रहण गर्दै सामाजिक विकास मन्त्री नरदेवी पुनमगरले सहयोगप्रति आभार प्रकट गरिन् । विषम परिस्थतिको मूल्याकँन गरेर नेलम्बोले सहयोग गरेको उनको भनाइ छ ।

Advertisement

मन्त्री पुन मगरले कोरोनाको पहिलो चरणमा विभिन्न संघ, संस्थाबाट प्रदेश सरकारलाई४ करोडको सहयोग प्राप्त भएको जानकारी दिँदै दोस्रो चरणमा पनिसहयोग जुट्दै जाने विश्वास व्यक्त गरिन् ।

उनले सरकारसँग बजेट भएपनि कार्यान्वयको प्रक्रिया निकै झन्झटिलो हुने उनको भनाइ छ ।

नेलम्बोका अध्यक्ष एकदेव देवकोटाले सरकार, संघ, संस्था र नागरिकचको हातेमालोबाटमात्रै महामारी विरुद्घलड्न सकिने धारणा राखे ।उनले निर्देशनालय र प्रतिष्ठानसँगसहकार्य गर्न संस्था तयार रहेको स्पष्ट पार्दै महामारी बिरुद्घ लड्न निर्देशनालयलाई १५ लाखसम्मका सामग्री उपलब्ध गराउने प्रतिबद्घता जनाए ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा. अर्जुन आचार्यले नेलम्बोसँग सहकार्य गर्दै जाने बताए ।

उनले प्रतिष्ठानले सुरु देखिनै कोभिड वार्ड सञ्चालन गरिरहेको उल्लेख गर्दै आवश्यक परे अस्पताल पूरा नै कोभिडको उपचारमा प्रयोग गर्न सकिने पनि जनाए ।

निर्देशानलयका निर्देशक डा. विनोदविन्दु शर्माले प्राप्त सामग्री जिल्ला तहसम्म पु¥याइने भनाइ राखे ।

कार्यक्रमका बीच नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रदान गरिएका सामग्रीका बारेमा जानकारी दिए।

४ वर्षअघि स्थापित नेलम्बोले शिक्षा, स्वास्थ्य र वातावरणको क्षेत्रमा कार्य गर्दै आएको छ ।

स्वास्थ्य अन्तर्गत पहिलो चरणमा पनि उक्त संस्थाले कोरोना भाइरस विरुद्घका स्वास्थ्य सुरक्षाका सामग्री स्थानीय तह, स्वास्थ्य संस्था, स्वास्थ्यकर्मी, सञ्चारकर्मी र सुरक्षा निकायलाई प्रदान गरेको थियो।

तपाईको प्रतिक्रिया