प्रधानमन्त्रीले डाके मन्त्रीपरिषद् बैठक

समाधान संवाददाता २०७८ वैशाख २५ गते ११:३०

काठमाडौँ

मन्त्रिपरिषद्को बैठक आज बस्दैछ । बेलूकी पाँच बजे बालुवाटारमा मन्त्रिपरिषद्को बैठक बस्न लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार संसदमा विश्वासको मत लिँदैछन् । विश्वासको मत लिनका लागि राजनीतिक परामर्श तीव्र पारेका प्रधानमन्त्री ओलीले कोभिड महामारी नियन्त्रण लगायतका विषयमा छलफल गर्न बैठक बोलाएको अनुमान छ ।

प्रधानमन्त्री ओलीले विश्वासको मत लिने तयारी गरेका बेला विपक्षी कांग्रेस, माओवादी र जसपा लगायतका दलहरुले गठबन्धन बनाउने तयारी गरेका छन् । एमालेमा माधव कुमार नेपाल पक्षका नेताहरु भने प्रधानमन्त्री ओलीलाई विश्वासको मत दिने कि नदिने रु भन्ने विषयमा छलफलमा छन् ।

तपाईको प्रतिक्रिया