गण्डकीमा आज २७४ संक्रमित थपिए, १६३ जना निको भए

समाधान संवाददाता २०७८ वैशाख २५ गते १६:१८

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशमा शनिबार २७४ जनामा कोरोना पुष्टि भएको छ । ५०१ स्वाब संकलन गर्दा २७४ जनामा कोरोना पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

कोरोना पुष्टि हुनेमा कास्कीका १६१, नवलपुरका ४५, बागलुङका ३६, तनहुँका १८, स्याङ्जाका ३, पर्वत, म्याग्दीका ५/५ र गोरखाका १ जना छन् । योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या २२ हजार ५३० पुगेको छ ।

Advertisement

प्रदेशमा आज १६३ जना कोरोनामुक्त भएका छन् । प्रदेशमा कोरोनामुक्त हुनेको संख्या १७ हजार ५५१ पुगेको प्रदेश स्वास्थ्य निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए ।

थप ३ संक्रमितको मृत्यु

Advertisement

गण्डकीमा थप ३ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय, गण्डकीका अनुसार कास्कीका २ र पर्वतका १ संक्रमितको मृत्यु भएको हो ।

पर्वत कुश्मा नगरपालिका १ का ४० वर्षीय पुरुष संक्रमितको शुक्रबार बेलुका सवा ५ बजे मेडिप्लस अस्पताल, पोखरामा मृत्यु भएको हो । ७ वैशाखमा कोरोना संक्रमण पुष्टि भएका उनमा गम्भिर निमोनिया थियो ।

कास्कीको पोखरा महानगरपालिका १३ की ४८ वर्षीया संक्रमित महिलाको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा निधन भएको हो । १३ गते संक्रमण देखिएकी उनमा निमोनियाको समस्या थियो ।

शुक्रबार नै कोरोना संक्रमण पुष्टि भएका पोखरा १० का ८१ वर्षीय पुरुष संक्रमितको शुक्रबार बेलुका मणिपाल शिक्षण अस्पतालमा मृत्यु भएको हो ।

गण्डकीमा कोरोनाबाट मृत्यु हुनेको संख्या २५१ पुगेको छ ।

तपाईको प्रतिक्रिया