प्रधानमन्त्रीको कोरोना रिपोर्ट नेगेटिभ

समाधान संवाददाता २०७८ वैशाख २५ गते १७:१३

काठमाडौँ, २५ वैशाख
प्रधानमन्त्री केपी शर्मा ओलीको कोभिड १९ को पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

इपिडीमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले प्रधानमन्त्री ओलीको पिसिआर रिपोर्ट नेगेटिभ आएको जनाएको हो । शुक्रबार प्रधानमन्त्री ओलीको पिसिआर परीक्षणको स्वाब संकलन गरिएको थियो बालुवाटारमा प्रधानमन्त्री ओलीसँगै स्वकीय र निजी सचिवालय, सुरक्षा निकाय र चालकसहित १ सय भन्दा बढीको पिसिआर जाँच गरिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया