कास्की कारागारमा क्वारेन्टिन

समाधान संवाददाता, पोखरा
कोरोना भाइरसको दोस्रो लहरको प्रकोप बढेसँगै कास्की जिल्ला कारागारमा क्वारेन्टिन बनाइएको छ ।
कारागारको ३ ब्लकमा २÷२ कोठामा क्वारेन्टिन बनाइएको जेलर कास्की कारागार प्रमुख काजीमान सुनारले जानकारी दिए ।
थुनुवा राख्न ल्याइएका, बिरामी भएका कैदीहरुलाई राख्ने गरी क्वारेन्टिन बनाइएको सुनारले बताए । ‘कोही बिरामी भयो भने, अथवा थुनुवा ल्याइयो भने क्वारेन्टिनमा राख्ने गरी व्यवस्था गराएका छौं,’ सुनारले भने ।
कारागारमा कैदीबन्दी भेटघाट पनि रोकिएको छ । बाहिरबाट सामान लैजान पनि प्रतिबन्ध लगाइएको सुनारले बताए । मेडिकल सामग्री बाहेक अरु सामग्रीमा रोक लगाइएको हो । ‘भेटघाट गर्ने, सामानभित्र ल्याउने जस्ता काम पनि रोकिदिएका छौं,’ उनले भने ।
४ सय २० जना राख्ने क्षमता भएको कारागारमा अहिले ७२ महिलासहित ८ सय ९८ जना कैदीबन्दी छन् । कारागारभित्र भौतिक दूरी कायम गर्न गाह्रो हुने, मास्क, पञ्जाको व्यवस्था उपलब्ध नहुने भएकाले विशेष सतकर्ता अपनाइएको जनाइएको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया