३१ वर्षीया महिलासहित पोखरामा ११ संक्रमितको मृत्यु

समाधान संवाददाता, पोखरा
गण्डकीमा थप ११ संक्रमितको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनलाय, गण्डकीका अनुसार कास्कीका ६ जना सहित प्रदेशभर ९ जनाको मृत्यु भएको हो ।
मृत्यु हुनेमा कास्कीका ६, स्याङ्जाका २, पर्वत, म्यागदी र रुपन्देहीका १/१ जना छन् ।
कास्की पोखरा महानगरपालिका १९ का ५८ वर्षीय संक्रमितको शनिबार दिउँसो मणिपाल अस्पतालमा मृत्यु भएको हो । पोखरा २७ का ५२ वर्षीय संक्रमित पुरुषको शनिबार बिहान गण्डकी मेडिकल कलेजमा मृत्यु भएको जनाइएको छ । यस्तै पोखरा २ की ५८ वर्षीया कोरोना संक्रमित महिलाको शुक्रबार बेलुका गण्डठकी मेडिकल कलेजमा मृत्यु भएको हो । यी ३ जना संक्रमितमा २३ वैशाखमा कोरोना पुष्टि भएको थियो ।
पोखरा ९ की ३१ वर्षीया संक्रमित महिलाको शनिबार राति मेडिप्लस अस्पताल पोखरामा निधन भएको हो । म्याग्दी मालिका गाउँपालिका ५ का ५८ वर्षीइ संक्रमितको शुक्रबार बेलुका मृत्यु भएको हो । यी दुवै संक्रमितमा १८ वैशाखमा कोरोना देखिएको थियो ।
पोखरा १२ की ३५ वर्षीया संक्रमितको २५ गते शनिबार राति पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा निधन भएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । पर्वतको कुश्मा घर भएका ४२ वर्षे पुरषको पनि सोही अस्पतालमा निधन भएको हो ।
स्याङ्जा गल्याङ नगरपालिका ३ की ६० वर्षीया कोरोना संक्रमित महिलाको शनिबार बिहान चरक मेमोरियल अस्पतालमा मृत्यु भएको छ । वालिङ नगरपालिका ३ का ४५ वर्षीय कोरोना संक्रमितको शबिार दिउँसो पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ ।
रुपन्देही सिद्धार्थनगर नगरपालिका ८ का ६० वर्षीय कोरोना संक्रमित पुरुषको शनिबार बेलुका गण्डकी मेडिकल कलेजमा निधन भएको हो । उनमा २३ वैशाखमा कोरोना देखिएको थियो ।
प्रदेशभर कोरोनाका कारण मृत्यु हुनेको संख्या २ सय ६२ पुगेको छ ।









निर्वाचन ६९ दिन बाँकी : प्रतिनिधिसभा चुनावमा क–कसलाई लाग्छ आचारसंहिता ?
पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया