मुख्यमन्त्री गुरुङले दिए राजीनामा

समाधान संवाददाता, पाेखरा । ।
गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मुख्यमन्त्री पदबाट राजीनामा दिएका छन् ।
उनले प्रदेश प्रमुख सिता पाैडेलसमक्ष आइतबार अपरान्ह ३ बजे राजीनामा बुझाएका हुन् ।
उनी विरुद्ध कांग्रेस, माओवादी केन्द्र र जसपाले अविश्वासकाे प्रस्ताव दर्ता गरेका छन् । त्यसउपर भाेलि गण्डकी प्रदेश सभामा मतदान हुने कार्यक्रम थियाे । यस अगावै गुरुङले राजीनामा दिए ।
काेराेना भाइरसबाट संक्रमित गुरुङ उनी विरुद्धकाे अविश्वासकाे प्रस्तावमाथि हुने छलफल समेत सहभागी हुन पाउने थिएनन् ।
आफु विरुद्ध लगाइएका अभियाेगमा आफैले जवाफ दिन नपाउने भएपछि उनले त्यसअघि नै राजीनामा दिने निधाे गरकाे गुरुङ निकटस्थ श्राेतले बतायाे ।
माओवादी केन्द्र र जनमाेर्चाकाे समर्थनमा मुख्यमन्त्री बनेका गुरुङ उनीहरुले समर्थन फिर्ता लिएपछि प्रदेश सभामा अल्पमतमा छन् ।
यद्यपी उनी विरुद्धकाे अविश्वासकाे प्रस्तावमा जनमाेर्चाले हस्ताक्षर गरेकाे छैन् । तर पार्टीके केन्द्रले अविश्वास प्रस्तावकै पक्षमा मतदान गर्न निर्देशन दिइसकेके छ ।









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया