राजीनामा दिन माधव नेपाल पक्षका सांसद संसद सचिवालय पुगे

पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले सोमबार संसद्बाट विश्वासको मत लिने तयारी गरेपछि त्यसलाई असफल पार्न माधव नेपाल समूहका सांसद राजीनामाका लागि संसद् सचिवालयमा पुगेका छन्।
केहीबेर अघि नेपाल समूहका नेताबीच भर्चुअल छलफल भएपछि सांसद संघीय संसद् सचिवालयमा पुगेका हुन्। अहिलेसम्म माधवन नेपाल, योगेश भट्टराई र सोमप्रसाद पाण्डे, जीवनराम श्रेष्ठ, मेटमणी चौधरी, पवित्रा निरौला लगायत सांसद सचिवालयमा पुगिसकेका छन्।
वैशाख २७ गतेको प्रतिनिधिसभा अधिवेशन अघि नै राजीनामा दिने लागेका हुन्। प्रधानमन्त्री ओलीले विश्वासको मत लिन सोमबार विशेष अधिवेशन बोलाएका छन्। विश्वासको मतमा ओलीलाई असफल बनाएर वैकल्पिक सरकार बनाउने कांग्रेस र माओवादी केन्द्रको योजनालाई सघाउन उनीहरूले राजीनामा दिन लागेका हुन् ।
नेपाल समूहका सांसद राजीनामा बुझाउन सिंहदरबार पुग्दा अध्यक्ष अोलीले राजीनामा रोक्न अर्थमन्त्री विष्णु पौडेल र एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङलाई सिंहदरबारमा पठाएका छन् ।









पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
माछापुच्छ्रे राष्ट्रिय टेनिस सुरु
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया