पत्रकार रानाभाटलाई पितृशोक

समाधान संवाददाता २०७८ वैशाख २६ गते १७:१४

पोखरा, २६ वैशाख

पत्रकार सुरेश रानाभाटलाई पितृशोक परेको छ । परिचय डटकमका प्रधान सम्पादक रानाभाटका ७४ वर्षे पिता हरिबहादुर रानाभाटको आइतबार बिहान (राति) ३ः २० बजे तनहुँको म्याग्दे गाउँपालिका गुणादीस्थित आफ्नै निवासमा निधन भएको हो ।

उनको आइतबारै सेती नदीको दमौलीस्थित घाटमा अन्तिम संस्कार भएको छ । पिताको पार्थिव शरीरमा जेठा छोरा सुरेशले मुखाग्नि दिएका थिए ।

Advertisement

जनप्रिय बहुमुखी क्याम्पसमा नेपाली र पत्रकारिताका उपप्राध्यापक सुरेशका पिताले भारतमा लामो समय मेकानिकल ओभरसियरका रुपमा काम गरेका थिए । त्यसै क्रममा भएको एउटा दुर्घटनापछि उनका खुट्टा चल्न छाडेका थिए ।

दुर्घटनाका कारण हडडीमा नसा च्यापिएर गोडा चलाउन नसक्ने अवस्थामा उनले लामो समय गुजारेका थिए । तर अध्यात्ममा लगाव राख्ने उनले जीवनको उत्तराद्र्ध लेखपढ गरेर बिताए ।

Advertisement

तपाईको प्रतिक्रिया