मुख्यमन्त्रीको राजीनामा स्वीकृत, ३ दिनभित्रै नयाँ सरकार
समाधान संवाददाता
२०७८ वैशाख २६ गते १७:२५

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ ।
प्रदेश प्रमुख सीता पौडेलले मुख्यमन्त्रीको राजीनामा स्वीकृत गरी ३ दिनभित्र नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् । प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चण्डीप्रसाद अर्यालले जारी गरेको प्रेस विज्ञप्तिमा नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम नयाँ सरकारका लागि आह्वान भएको उल्लेख छ ।
सोमबार प्रदेशसभामा सरकारविरुद्धको अविश्वास प्रस्तावको छिनोफानो गर्ने कार्यसूची थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया