गण्डकी प्रदेशको विशेष अधिवेशन अन्त्य

समाधान संवाददाता, पाेखरा ।
मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्तावको उद्देश्यसहित विपक्षी पार्टीहरुको मागअनुसार सुरु भएको गण्डकी प्रदेश सभाको विशेष अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषदको सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले संसद अधिवेशन अन्त्य गरेको प्रदेश प्रमुख कार्यालयका सचिव हरि बास्तोलाले जनाए ।
‘सरकारको सिफारिसमा प्रदेश प्रमुखज्यूले अधिवेशन अन्त्य गर्नुभएको हो,’ बास्तोलाले भने । उनका अनुसार अधिवेशन अन्त्यको पत्र प्रदेश प्रमुखको कार्यालयले सोमबार प्रदेश सभा सचिवालयमा पठाएको छ ।
मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले आफू विरुद्धको अविश्वास प्रस्तावमा मत विभाजन हुनुको अघिल्लो दिनै आइतबार राजीनामा गरेका थिए । उनको राजीनामा सँगसँगै संसदको विशेष अधिवेशनको औचित्य पनि समाप्त भएको थियो । गुरुङको राजीनामा आउनुअघिसम्म प्रदेश सभा सचिवालयले सोमबार अविश्वास प्रस्तावको मत विभाजनका लागि आवश्यक तयारी गरेको थियो ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका २८ सांसदले २ वैशाखमा मुख्यमन्त्री विरुद्ध अविश्वास प्रस्ताव संसद सचिवालयमा दर्ता गराएका थिए । त्यसअघि चालु अधिवेशन वैशाख १ गते राति नै अन्त्य भएको थियो ।
अविश्वास प्रस्तावका प्रस्तावकहरुले २ गते नै संसदको विशेष अधिवेशन माग गर्दै प्रदेश प्रमुखलाई समावेदन दिएका थिए । तत्कालीन प्रदेश प्रमुख अमिक शेरचनले १३ गतेबाट विशेष अधिवेशन सुरु हुने गरी ६ गते आह्वान गरेका थिए ।









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया