तन्किदै कृष्णचन्द्रकाे ताजपाेशीः जनमाेर्चा न हुन्न भन्छ, न सही गर्छ

समाधान संवाददाता २०७८ वैशाख २७ गते १२:०१

समाधान संवाददाता, पाेखरा ।

गण्डकी प्रदेश सभामा निर्णायक शक्तिकाे भूमिकामा रहेकाे राष्ट्रिय जनमाेर्चाका कारण कृष्णचन्द्र नेपाली पाेखरेलकाे मुख्यमन्त्रीकाे ताजपाेशी तन्किदै गएकाे छ ।

जनमाेर्चाकै सांसद खिमबिक्रम शाही बिरामी नहुँदा हुन् त, कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र गण्डकी प्रदेशकाे मुख्यमन्त्री बनेकाे आज १२ दिन भैसक्थ्याे ।

Advertisement

उनकाे पार्टीले अविश्वासकाे प्रस्तावकाे पक्षमा मतदान गर्न निर्देशन दिएकाे थियाे । मतदान सुरु हुनु अघि शाही बेपत्ता भएकाे समाचार आयाे । पछि चरक अस्पतालमा भर्ना भएकाे थाहा भयाे । तर सभामुखले संसद अनिश्चितकालका लागि स्थगित गरिसकेका थिए । जसकाे कारण १५ गते अविश्वासकाे प्रस्ताव वार पार हुन सकेन र कृष्णचन्द्र नेपालीकाे ताजपाेशी अनिश्चत बन्याे ।

अनिश्चतकालका लागि स्थगित गरिएकाे सदन बैशाख २७ गते सुरु हुने सहमति भयाे । त्यसैदिन अविश्वासकाे प्रस्ताव पास हुने र उनले मुख्यमन्त्रीकाे जिम्मेवारी पाउने पक्का जस्तै थियाे । त्यसकाे १ दिन अघि नै मुख्यमन्त्री गुरुङले राजीनामा गरेपछि २६ गते नै मुख्यमन्त्री दावी गर्ने प्रयास पनि नेपालीले नगरेका हाेइनन् । तर त्याे सम्भव भएन ।

Advertisement

कांग्रेस, माओवादी केन्द्र र जसपाका २८ जना सांसदकाे हस्ताक्षर बाेकेर बसेका नेपालीलाई मुख्यमन्त्री बन्न जनमाेर्ताका ३ सांसदकाे हस्ताक्षर अनिवार्य छ । उनले आइतबार नै ३ जनालाई हस्ताक्षर गराउने प्रयास नगरेका हाेइनन्, तर सफल भएनन् ।

साेमबार १२ बजेसम्म पनि जनमाेर्चाले हस्ताक्षर गरेकाे छैन । न केही डिमाण्ड गर्छन, न त हस्ताक्षर गर्छन, के गर्न खाेजकाे हाे थाहै भएन– नेपालीलाई मुख्यमन्त्री बनाउन अहाेरात्र खटिएका एक सांसदले समाधानसँगभने ।

जनमाेर्चाका स्थानीय नेताहरु पार्टीकाे केन्द्रका निर्णय अविश्वासकाे प्रस्ताव पास गराउने मात्र भएकाे बताउछन् । याे सरकार ढाल्ने पार्टीकाे निर्णय हाे, सरकार ढलिसक्याे, हाम्राे भूमिका पुरा भयाे– एक स्थानीय नेताले समाधानसँग भने ।

यद्यपि जनमाेर्चाले औपचारिक रुपमा कुनै निर्णय लिएकाे छैन । आजै विहान ११ बजे बैठक बस्ने भनिएपनि अहिलेसम्म बैठक बस्न सकेकाे छैन । जनमाेर्चाका सांसदलाई फकाउन जनमाेर्चाका महासचिव मनाेज भट्ट पाेखरा मै बसेका छन् । र उनले फकाउने प्रयास गरिरहेका छन् ।

यसरी जनमाेर्चाकाे ढिलाइका कारण कृष्णचन्द्र नेपालीकाे मुख्यमन्त्री ताजपाेशीमा ढिलाई भैरहेकाे छ ।

तपाईको प्रतिक्रिया