गण्डकी सरकारबारे जनमाेर्चाले अहिले निर्णय नगर्ने, केन्द्रीय राजनीति हेरेर निर्णय
समाधान संवाददाता, पाेखरा ।
गण्डकी प्रदेशमा नयाँ सरकार गठन गर्ने साँचाे बाेकेर बसेकाे राष्ट्रिय जनमाेर्चा गण्डकीले अहिले कुनै निर्णय नगर्ने भएकाे छ ।
कांग्रेस–माओवादी केन्द्र–जसपा गठबन्धनले कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपालीकाे नेतृत्वमा नयाँ सरकार गठन गर्न २८ जना प्रदेश सांसदकाे हस्ताक्षर गरेर जनमाेर्चालाई कुरी बसेका छन् ।
जनमाेर्चाले हिजै हस्ताक्षर गरेकाे भए हिजै नयाँ सरकार गठनकाे दावी गर्ने तयारी गरेका विपक्षी गठबन्धनलाई साे पार्टीकाे नेतृत्वले आज दिउसाेसम्म पर्खन भनेकाे थियाे ।
आज ११ बजे बस्ने भनिएकाे जनमाेर्चाकाे गण्डकी प्रदेश सभाकाे संसदीय दलकाे बैठक अहिलेसम्म बसेकाे छैन । पार्टी कमिटीका बैठक बसेपनि संसदीय दलकाे बैठक नबसेकाे जनमाेर्चाका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले समाधानलाई जानकारी दिए ।
प्रदेश अध्यक्ष बरालका अनुसार गण्डकी प्रदेशमा कसरी अघि बढ्ने भन्ने कुराकाे मार्ग निर्देशन केन्द्रकाे राजनीतिक घटनाक्रमले गर्ने बताए । अब काठमाण्डाैंकाे राजनीति कसरी अघि बढ्छ, त्यसैका आधारमा गण्डकीमा निर्णय लिने कुरा हुन्छ हाेला– उनले भने ।
काठमाण्डाैंमा संघीय सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासकाे मत लिदैंछन् । संघीय संसदकाे घटनाक्रमपछि मात्र यहाँ कसरी अघि बढ्ने भन्ने निर्णय लिने जानकारी पनि बरालले दिएका छन् ।







पोखरा बचत सहकारीका बचतकर्तालाई उजुरी दर्ता गर्न प्रहरीको आह्वान
नागरिक समाज कास्कीले माग्यो सर्वपक्षीय राजनीतिक सम्मेलन
महायज्ञ सुरु नहुँदै मानव सेवा आश्रमलाई उल्लेख्य दाता
कोक्यापको कार्यशाला
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया