भट्टराईले दिए अक्सिजनका ५ सिलिन्डर

समाधान संवाददाता २०७८ वैशाख २७ गते १४:५३

समाधान संवाददाता

कोभिड १९ का संक्रमितलाई अक्सिजन अभाव भइरहेका बेला शनिबारमात्रै कास्की प्रहरीले विभिन्न वक्र्ससप र उद्योगहरुबाट सिलिन्डर संकलन गरेर अक्सिजन उद्योगलाई उपलब्ध गरायो । युवा उद्यमी तथा इन्जिनियर सागरमोहन भट्टराईले भने स्वस्फुर्त रुपमा सिलिन्डर उपलब्ध गराएका छन् ।
भट्टराईले आफ्नो विजयपुर मेटल एन्ड इन्जिनियरिङ उद्योगमा रहेका ५ वटा सिलिन्डर कालिगण्डकी अक्सिजन उद्योगलाई दिएका हन् । ‘पब्लिकलाई धेरै खाँचो छ, ५ वटाले मात्रै पनि धेरै काम गर्न सक्छ भनेर दिएको हुँ,’ उनले भने । उनले दिएका सिलिन्डर ४६ किलो अक्सिजन अट्ने क्षमताका हुन् ।
सिलिन्डर दिएपछि आफ्नो मेटल उद्योगमा अक्सिजनबिना हुने काममात्रै गर्ने पनि इन्जिनियर भट्टराईले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया